ठूलो डाँकु बन्न मनै लागेन
त्यसैले कसैको पछि लागिएन
त्यसैले कसैको झुठको साक्षी बनिएन
त्यसैले गलतलाई सही भन्न सकिएन
त्यसैले अन्यायको विरोध नगर्न सकिएन
किनकि अपराधी बन्ने ईच्छा प्याटै भाएन ।

पातीको जरा उखेले पो
खान पाइन्छ भन्ने गर्थे रे
जिजु हजुर आमाले,
हलो जोते पो खान पाइन्छ भन्नु हुन्थ्यो हजुरबाले
पढे पो खान पाइन्छ भन्नुहुन्थ्यो बाले
बुझ्दिनाथेँ,
कि पढ कि काम गर भन्नु हुन्थ्यो आमाले,
पालै पालो,
दुई थरी काम गरेँ,
बानी पर्यो,
मज्जा आउँथ्यो,
मज्जा आउँछ,
मज्जा आउनेछ ।
किनकि मलाई दिल, दिमाग र दृष्टिमै
काम अनि माम भन्ने
सिकाएको छ,
सिकेको छु ।
जान्ने टपालिनेलाई देख्दा अचम्म लाग्छ
काजाएर मात्रै खानेलाई देख्दा अचम्म लाग्छ
लाज, घीन, ईज्जत बेच्ने समाज अनि
सिद्ध बस्ने ठाउँमा गिद्ध बस्दा अचम्म लाग्छ ।
मेरो कलम रोक्न खोजें सकिनँ
मेरो आँखा चिम्लिन खोजें सकिनँ
मुखमा पातीको बुजो हाल्न खोजें
मन मस्तिष्कलाई थुन्न खोजें सकिनँ।
खुट्टा काट्ने योजनामा
चोरले मात्रै खुट्टो उचाल्छ रे
गडबड गर्नेहरूको मात्रै
मन धडबढ गर्छ रे
छल गरी फल खानेले
छलफल गोप्यमा गर्छ रे ।
तर म जे गर्छु लाईभ गर्छु
अग्रिम जानकारी गरी,
योजनावद्ध तरिकाले
पारदर्शी रूपले
गरी खाने गरी
खुल्ला प्रतिस्पर्धाबाट गर्छु ।
किनकि
लुट्न, धुत्न, चुस्न, शोस्न, खोस्न,
मार्न, कोतार्न, फोर्न, चोर्न, निचोर्न,
मनै लागेन ।
त्यसैले,
कसैको चाकडी, अन्धभक्त, सशक्त बानी,
गुद्वारालाई हरिद्वार देखिनँ
गिद्धलाई हा, हु, हैट, जा, उड, छोड नभनी
मुक दर्शक बन्न सकिनँ ।
पुराण ल्हेगे चिउरी खर्के
सुनवल – ३, नदुवा, नवलपरासी





