
नवलपरासी / सुस्ता गाउँपालिका–३ मर्चहवामा गत फागुन ३० गते राती (३६ दिन अघी) भएको एक घरका हजूरबुवा र नाती (२) जनाको निर्मम हत्यामा संलग्न २ जनालाई नवलपरासी प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

हत्यामा संलग्न सुस्ता गाउँपालिका–३ मर्चहवाका २९ वर्षीय अजय धरिकार र २० वर्षीय चन्दन हरिजनलाई आज प्रहरीले सार्वजनिक गरेको हो।
हत्या घटनामा सुस्ता गा.पा. वडा नं. ३ मर्चहवा स्थित अक्षयलाल चमार र निजको नाति गौचरण चमारको धारिलोहतियार चक्कू प्रयोग गरी गत फागुन ३० गते हत्या गरिएको थियो ।

हत्यारा अभियुक्तले घटनास्थलमा वारदातका क्रममा छुटाएको १ हातको पन्जाको आधारमा प्रहरीले सुक्ष्म अनुसन्धानगर्दै जाँदा घटनाको वास्तबिकता सम्म पूग्न सकीएको र हत्यामा प्रयोग भएको चक्कु समेत अजय धरिकारको सुत्नेकोठामा रहेको टिनको बाकसभित्र लुकाईराखेको अवस्थामा वरामद गरिएको प्रहरीको भनाई छ ।
घटनाको समग्र अनुसन्धानका क्रममा तालिम प्राप्त कुकुरको परिचालन गरी CIB प्रहरी टोली समेतको संलग्नतामा अनुसन्धान प्रक्रियाले हत्यारा पत्ता लगाउन सफल भएको प्रहरीप्रमुख क़ाज़ी कुमार आचार्यले बताउनू भयो ।

प्रहरीका अनुसार हत्या घटनाको अचम्मको तथ्य के छ भने हजूरबुवा/नातीको हत्यामा संलग्न अभियुक्तहरुको यी मृतकहरुसंग कुंनै ख़ास रिसीबी नदेखीएको र मात्र करीब महीनादिन अघि हत्या अभियुक्त चन्दन हरिजन र गाऊको छीमेकीसंग भएको एक सामान्य झगडाको बदला लीनेक्रममा आफूले गरेको हत्यामा झगड़ा भएको छिमेकीले प्रहरी अनुसंधानको झंझट त तनाव बेहोरोस भनी निर्दोष हजूरबुवा र नाती मारिएको प्रहरी अनुसंधानबाट खुलेको पाईएको छ ।
हत्यामा संलग्न अभियुक्तहरुलाई मिति २०८०।१२।०३ गते पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलाटारी मार्फतसम्मानित जिल्ला अदालत परासीबाट ज्यान सम्बन्धि कसुर मुद्दामा दिन ७ म्याद थप गरी अनुसन्धान भईरहेकोनवलपरासी प्रहरी प्रवक्ता /डीएसपी रेशम बोहराले जानकारी दिनूभएको छ ।





