सरोज धिताल/ माघ १९, पश्चिम नवलपरासी,
उद्योग व्यापार संघ बर्दघाट द्धारा आयोजना गरिएको प्रथम बर्दघाट एक्सपो २०८२ मा विविध शैक्षिक कृयाकलाप अन्र्तगत आयोजित नगरभित्रका आधारभुत तहका विद्यालय स्तरिय चित्रकला प्रतियोगितामा १३ विद्यालयका १८ प्रतियोगिले सहभागिता जनाएका छन ।

जसमध्य न्यू भिजन ईंग्लिस स्कूलका स्वस्तिक अर्याल, जनमुखी प्राथमिक विद्यालयका सविना मल्ल ठकुरी र रुपा राई मगर, स्टेप वाई स्टेपका यजिना थापा, अभि गोतामे, आईरिस एकेडेमीका रिजन न्यौपाने , राजामाहात्मा पूर्णभद्र माविका सदिक्षा भुलन, विप्शिका राना मगर, दाऊन्नेदेवि माविका सवनम खातुन, शुन्दर कार्की, शान्ति निकुन्ज रेवती गौमाता गौतम माविका दिवस थापा, एक्स आर्मि पब्लिक स्कुलका साधना चौधरी, सृष्टि डुम्रे, होलि केयर सेकेण्डरीका अर्नुज गिरी, मनकामना सेकेण्डरी स्कुलका सुभाष भट्टराई, ओसिस मोडेल एकेडेमीका पियम पुन, जयन्ती आधारभुत विद्यालयका लक्ष्मि यादव, सरस्वती माविका अमृता भुर्तेल सहभागि भएका थिए । 
१८ जना सहभागि भएको चित्रकला प्रतियोगितामा राजामाहात्मा पूर्णभद्र माविका सदिक्षा भुलन प्रथम, एक्स आर्मि पब्लिक ईंग्लिस स्कूलका सृष्टि डुम्रे द्धितिय तथा राजामाहात्मा पूर्णभद्र माविकै विप्शिका राना मगर तृतिय स्थान हासिल गर्न सफल भएका छन।
प्रथम हुने प्रतियोगिले नगद रु सात हजार, द्धितिय हुनेले नगद रु पाँच हजार रुपैया र तृतिय हुनेले तिन हजार रुपैया नगद, प्रमाणपत्र प्रदान गरिएको छ । सहाभागि सबै प्रतियोगिलाई सधन्यवाद सहभागिताको प्रमाणपत्र प्रदान गरिएकोछ ।
कार्यक्रममा एक्सपोका अध्यक्ष राजु न्यौपाने, शिक्षा उप समितिका संयोजक केशव बस्याल,उप समिती सदस्य बलराम भणडारी, एक्सपोका सांस्कृतिक संयोजक मोहन सापकोटा, निर्णायकद्धय, कलाकार तपचन्द्र प्रयासी तथा कलाकार रशु जंग राणा, शिक्षक, विद्यार्थीहरुको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो ।





