बर्दघाट/माघ १५,

खाजाघर देखि आफ्नो कलालाई मुर्तरुप दिदै महिला उद्यमीहरु बर्दघाट एक्सपोमा सहभागि भएका छन । स्थानिय स्तरमा उत्पादन तथा विक्री वितरण गर्न सकिने सामाग्रि लिएर व्यवसायिकता तर्फ अग्रसर हुन उत्साहि भएर महिला आएका छन ।
उनिहरुले रोगजारी र आर्थिकोपार्जनमा पनि महिलाले चाहेमा केहि गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न आएको बताएकाछन । दैनिक उपभोग्य सामाग्रि होस या श्रृगारका सामाग्रि, हस्तकलाका सामाग्रि, झोला, अचार, पिठो, चिप्स जस्ता आ आफ्ना उत्पादन लिएर स्टलमा लालायित भएर बसेका छन । उनिहरु केहि समूहगत छन त केहि व्यक्तिसग रुपमा सहभागि भएका छन ।
एक्पोमा सेलरोटि, घोगि, ठेकुवा, बटुक, बंगुरको मासुका परिकार जन्य स्थानिय उत्पादनलाई बजारीकरण तथा पहिचान दिन हरियालीनगर आमा समूह, सम्झना आमा समूह, मगर समूह, गुरुङ्ग समूह अग्रसर भएर लागेका छन् ।
त्यस्तै अचारमा भाऊजु अचार उद्योग, महिला अधिकार मञ्च बर्दघाट १४, दाऊन्ने अचार, आमा छोरी अचार, मिना गुरुङ्ग अचार, जस्ता नामले एक्सपोमा उत्साहित भएर बसेका छन ।
त्यस्तै स्थानिय महिलालाई रोजगारी तथा आर्थिको पार्जन गर्न अग्रसर रहेको दाऊन्ने देवी महिला बहुउद्देश्यीय सहकारी संस्था लि.ले महिला उद्यमीले तयार पारेका झोला लिएर एक्पोमा आएका छन । त्यस्तै स्थानिय केराको बजारीकरण र पहिचान दिलाऊन एक्सपोमा सुस्ताको केराको चिप्स लिएर अंमृता पन्थी आऊनुभएको छ। 
आफ्ना हस्तकलालाई बजारीकरण गर्नकालागि जस्मिन श्रेष्ठ, सेतीमाया गुरुङ्ग, माया थापा, तारा कुमारी गुरुङ्ग एक्पोमा आएका छन । उनिहरुले हातले बनाएका डल, चुरा, पोते, माला, कुशन लगाएतका समाग्रि प्रर्दशनीमा राखेका छन ।
त्यस्तै सरसफाईका सामाग्रिहरु फिनेल, साबुन, सर्फ, हर्पिक, हेण्डवास, पिताम्बरी लिएर उत्साह नेपाल, अन्जान गिरी, लक्ष्मि कुमारी विक एक्सपोमा आएका छन ।
नर्सरी तथा व्यूटिर्पालर सहित गिता सापकोटा ढकाल उपस्थित हुनुभएको छ ।
स्थानिय स्तरमा उत्पादन हुने समाग्रिलाई अचार, गुन्द्रकु, पिठो, नमकिन, भूजिया, खजुरी जस्ता उत्पादित समाग्रि लिएर गृहलक्ष्मी खाद्यन्न उद्योगको रुपमा पहिचान दिन मिना गुरुङ्ग तथा प्रेमकला अधिकारी आऊनुभएको छ ।
एक्सपोमा आएका महिला उद्यमीहरुले आफुहरुलाई उत्साह थप्न स्थानिय सरकार तथा एक्सपो आयोजकहरुलाई केहि गुनासो तथा सुझाव दिएका छन ।
महिलाको अधिकार सगै आर्थिको पार्जनमा लागेका २५ जनाको समूह सक्रिय भएर अचार उत्पादनमा लागेको समूह हो महिला अधिकार मञ्च बर्दघाट १४ । संस्थाकी अध्यक्ष जमुना तिवारी शर्माले स्थानिय सरकारले आर्थिक सवलीकरणकालागि केहि मार्गदर्शन गरेपनि बजारीकरणकालागि थप पहल र महिला लक्षित उत्पादन विक्री वितरण गर्न सकिने स्थान एकिन गरी कोशेली घरको अवधारणामा विक्री केन्द्र स्थापना गरिए नगरभरिका महिला थप उत्साही हुने बताऊनुभयो । उहाँ थप्नुहुन्छ, दिदीबहिनी सबै उत्साहित भएका छन्, व्यवसायिक बनाऊन एक्सपोले स्टल उपलब्ध गराएको छ तर व्यवसायिक उत्पादन तथा विक्री वितरण गर्न प्रविधि र स्थायित्वको आवस्यकता महसुस गरिएको छ ।
व्यवसायिक रुपमा माला तथा चुराका हस्तकला समाग्रि विक्री वितरण गरिरहेकी माया थापा भन्नुहुन्छ, स्थानिय सरकारले प्रोत्साहन गर्न हाम्रालाई भन्दा पनि राम्रा महिला उद्यमीलाई सम्मान, आर्थिक तथा नितिगत सहयोग गरे थप उत्साह थपिने बताऊनुभयो ।
त्यस्तै एक्सपोमा दाऊन्ने देवि महिला ब.उ.स स लि.ले उत्पादन गरेको झोला लिएर आएका छन । प्रत्यक्ष २५ जनालाई रोजगारी दिएको समूहले एक स्थायि विक्री कक्ष र स्थानिय सरकारले प्रोत्साहन स्वरुप वितरण गर्ने सामाग्रिमा झोलालाई पनि प्राथमिकतामा राख्न अनुरोध गर्दै अध्यक्ष देवि पौडेल भन्नुहुन्छ, करिब २४ सय जनाको प्रत्यक्ष लगानी रहेको संस्थामा २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन। हामीले विद्यार्थीका झोला, सपि ङ्ग
व्याग, लगायतका सामाग्रि उत्पादन गरेका छौ । एक्सपोमा उत्साह थप्न आयोजकले मुख्य भुमिका खेल्यो तर मेला महोत्सव भनेको क्षणिक व्यपार गर्ने थलो हो , महिलाले उत्पादन गरेका सामाग्रिहरुलाई एक स्थानमा स्थानिय सरकारबाट स्थान उपलब्ध गराईए ग्राहकको समय सगै स्थानिय उत्पादनले पनि बजार पाऊने थियो । उहाँ थप्नुहुन्छ, घरभाडा तथा प्रविधिमा स्थानिय सरकारले सहयोग गरिदिए दिदी बहिनी थप उत्साहित भएर आत्मनिर्भर बन्ने थिए ।
त्यस्तै ९ जना महिला समूह मिलेर सबैले आ आफ्नो क्षेत्रमा लागेका उत्साह नेपालका महिलाहरुले स्थानिय सरकारलाई क्षणिक व्यवसाय भन्दा पनि स्थायित्वका लागि प्रविधि तथा बजारीकरणगर्न विक्री केन्द्र आवस्यकता रहेको संस्थाकी अध्यक्ष धनमाया गिरीले बताऊनुभयो । ्
त्यस्तै ३ जना आमाछोरी मिलेर अचारको उत्पादन तथा विक्री वितरण गरिरहेका आमाछोरीको अचारको नामले परिचित महिलाहरुले स्थानिय उत्पादनलाई अर्गानिक तरिकाले तयार गरिएको अचारलाई भारतिय अचार संग प्रतिस्प्रर्धा गर्न असहज भएका कारण मेला महोत्सवमा भारतिय खुल्ला अचारलाई अनुगमन गरि रोक लगाईदिन आग्रह गरेका छन ।
बर्दघाट नगरपालिका वडा नं. ४, हरियाली नगरमा सञ्चालित प्रथम बर्दघाट एक्सपोका मुल आयोजक समितिका संयोजक राजु न्यौपानेले एक्सपोमा महिलाहरुको सहभागिता उल्लेख्य हुनु उत्साहजनक भएको बताऊदै घरेलु उद्योग तथा नगरसरकारसंग समन्वयमा आएका महिला उद्यमीलाई निःशुल्क स्टल, संस्थामा आवद्ध महिला उद्यमीलाई ५० प्रतिशत छुट तथा कृर्षिमा आधारित महिला उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराईको बताऊनुभयो ।





