प्रथम बर्दघाट एक्सपो-०८२को आज भब्य रूपमां सुरू भएको छ । उद्योग व्यापार संघ बर्दघाटद्धारा आयोजित प्रथम बर्दघाट एक्सपोको उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको हो ।

संघका अध्यक्ष तथा एक्सपो मुल आयोजक समितिका संयोजक राजु न्यौपानेको अध्यक्षता तथा नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय अध्यक्षको खिमलाल भण्डारीको प्रमुख आथिथ्तामा कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी भण्डारीले संस्थाले छोटो समयमा गरेको प्रगतिको प्रसंसा गर्दै उद्योग, व्यापार देशको मेरुदण्ड रहेको र देशलाई आर्थिक सवलीरणकालागि देशमात्रिव रुपमा उद्योग तथा कलकारखाना स्थापना गरि रोजगारीको अवसर र्सिजना तथा युवा पलायनहुनबाट रोक्न सकिने जिकिर गर्नुभयो । साथै अध्यक्ष भण्डारीले नेपाल जस्तो देशमा निति नै परिवर्तन गरेर भएपनि रुग्ण अवस्थामा रहेका उद्योगहरुलाई पनि सञ्चालन गर्नुपर्ने बताऊनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले एक्सपोले बर्दघाटका शिथिल अवस्थामा पुगेका व्यापारीहरुको पुर्नउत्थानहुने विश्वास लिएको बताऊदै स्थानिय महिला उद्यमीहरुको उत्पादन विक्री वितरणको लागि उद्योग व्यापार संघ संगको सहकार्यमा निःशुल्क स्टल उपलब्ध गराईएको बताऊनुभयो ।
त्यस्तै कार्यक्रममा उद्योग व्यापारसघका बुटवलका अध्यक्ष लोक नाथ पन्थीले एक्सपोले स्थानिय सरकार, व्यवसायी तथा उपभोक्ता सबैलाई फाईदा पुग्ने विचार व्यक्त गर्नुभयो । पन्थीले स्थानिय सरकारले स्थानिय उत्पादनलाई प्राथमिकतामा राखेर आफ्नो नगरभन्दा बाहिरबाट आऊने सामाग्रिहरुमा रोक लगाऊनुपर्ने बताऊनुभयो । उहाँले खुला बजार नितिले केहि समस्या निम्त्याएपनि सरकारका दृष्टीले स्थानियलाई संरक्षण गर्न केहि कडा कदम चाल्न स्थानिय सरकारलाई सुझाव दिनुभयो ।
उद्घाटन कार्यक्रममा नगर उप प्रमुख रुद्र प्रकाश उपाध्याय, सि जि फाउण्डेशनकी मेरिना रन्जित, रविन्द्र विक्रम हमाल लगायतले शुभकामना मन्तब्य राखेका राख्नुभएको थियो । स्थानिय उद्योग र ब्यापार, दिगो विकासको आधार मुल नाराका साथ सुरु भएको एक्सपोले स्थानिय ब्यवशायी, कृषक र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आयोजक सँस्था उद्योग ब्यापार सँघ बर्दघाटका अध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो । उद्घाटन समारोहको अवसर पारेर गरिएको र्यालीमा विभिन्न विद्यालय, संघसंथा, आमा समूह लगायतका ३५ वटा समूहले आ आफनो झाँकी सहित उपस्थित भएका थिए ।
१२ दिनसम्म चल्ने एक्सपो करिव १ लाखले अवलोकन गर्ने र ७ करोड रुपैयाको आर्थिक कारोवारको आँकलन गरिएको अध्यक्ष न्यौपानेले बताऊनुभयो । २ सय ५० स्टल रहेको एक्सपोमा कृषि, लघु उद्यमी, महिला उद्यमीहरुले उत्पादन गरेको उत्पादन सँगै विभिन्न जातजातीका सँस्कृति झल्कने प्रदर्शनी, बाल उद्यान र साँगितिक कार्यक्रम समेत रहेको सँघका वरिष्ठ उपाध्यक्ष दिनेश न्यौपानेले जानकारी स्वागत मन्तव्य मार्फत दिनुभयो ।
स्थानिय सरकार, विभिन्न वडाका वडाध्यक्ष, स्थानिय व्यवसायी, संघसस्थका अध्यक्ष वा प्रतिनिधिहरुको उपस्थितिमा सञ्चालित कार्यक्रमको सञ्चालन संस्थाका महासचिव नारायण भण्डारीले गर्नुभएको थियो ।





