ज्ञानज्योती एकेडेमी मावि भुमहिमा विविध कार्यक्रमहरुका साथ २९औं वार्षिक उत्सव भव्यताकासाथ सम्पन्न भएको छ ।

विद्यालयका संस्थापक टंक प्रसाद न्यौपानेको अध्क्षतामा वार्षिकोत्षव समारोह सम्पन्न भएको हो ।श्री बाबावर्दगोरिया तुलसीराम गुरुकुलमका मुल संरक्षक तुलसीराम पाण्डेको प्रमुख आतिथ्यता रहेको उत्सबमां विद्यालयका प्रधानाध्यापक भेषराज न्यौपानेले औपचारिक स्वागत गर्नु भएको हो ।
समारोहका प्रमुख अतिथीतुलसीराम पाण्डेद्धारा विद्यालयको सरस्वती प्रतिमामा दिप प्रज्ववलन गरि कार्यक्रम शुभारम्भ गरिएको थियो ।
समारोहमां बिद्यालयका शिक्षक बिमल चौधरीको निदेशनमां बिधार्थीहरूद्वारा मार्चपास प्रदर्शन गरीएको थियो । वार्षिक उत्सब कार्यक्रमको अवसरमा विधार्थीले गरेका सृजनशिल आविष्कार अन्तर्गत सेन्सर जड़ित एटोमैटिक डस्टबिन र रिमॉटकंट्रोल जड़ित खेलौना जीप समेत प्रदर्शनिमा राखेका थिए ।
यसै गरि डा श्याम प्रसाद न्यौपानेद्वारा बिद्यालयका १५ जना अभिभावकहरु विच सञ्चालन गरिएको हाजिरी जवाफ कार्यक्रमले समारोहमा थप रोचकता प्रदान गरेको थियो ।
कार्यक्रममा प्रतिभा प्रदर्शनी गर्दै साना र ठुला नानी बाबु हरूले सामूहिक तथा एकल नृत्य, नाटक एवं स्टेज वाक कला समेत प्रदर्शन गरेका थिए
समारोहमा बलराम चापागाईं, कल्पना अधिकारी, लेखनाथ न्यौपाने, चन्द्रकान्त भण्डारी, लगायतले सुभकामनामन्तव्य प्रकट गर्नु भएको थियो ।
शिक्षिकाद्धय समिक्षा पाण्डे र गंगा न्यौपानेलेले अतिथी पाहुनाहरुलाई व्याच र पुश्पगुच्छाद्धारा सम्मान प्रदान गर्नु भएकोथियो । 
कार्यक्रमको संचालन शिक्षक भोजराज पौडेलले गर्नुभएको थियो ।





